झी सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा लोखिम स्थित कार्यालयमा २०८१ माघ १२ गते शनिवार अध्यक्ष हरि प्रसाद राईको अध्यक्षता तथा वडा अध्यक्ष सान कुमार तामाङको प्रमुख अतिथ्यातामा सम्पन्न भयो।
झी बहुउदेशीय सहकारी संस्था लिमिटेडको आन्तरिक स्रोत तथा थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक अनुदानमा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम स्थित झी को आफ्नै जग्गामा भवन निर्माण कार्य भईरहेको छ। झी सहकारीको निर्माणाधीन भवनको केहि झलक हरु तल देखाईएको छ।
फराहाल संकलन तथा बिक्रि बितरण सम्पन्न झी बहुउद्देश्यीय सहकारी लोखिम सोलुखुम्बुले २०७९को माघे संक्रान्तीको अवसरमा लोखिममा उत्पादित फराहाल संकलन गरि काठमाडौं पुर्याएर बिक्री बितरण गरिएको छ । उक्त कार्य सम्पन्न गर्नको लागि बनाईएको कार्ययोजना अनुसार पौषको २४ र २५ गते संकलन मिति तोकिएको थियो । त्यसपछि २५ गते बेलुकी लोड गरेर २६ गते बिहान लोखिमबाट हिंड्ने र राती काठमाडौं पुग्ने २७ गते बिक्री केन्द्रमा पुर्याई २८, २९ र ३० गते बिक्री बितरण गर्ने योजना बनाईएको थियो । जस अन्तर्गत लोखिममा फराहाल संकलन गर्न संस्थाको कोषाध्यक्ष तमुना राई र काठमाडौंमा बिक्री संयोजक संस्थाको उपाध्यक्षलाई तोकियो । फराहाल तथा फलफुल संकलन कार्य…