
परिचय
भिजन
सबैको बिश्वासिलो तथा नेतृत्वदायी सहकारी संस्था ।
मिसन
आर्थिक, तथा गैह्र आर्थिक कृयाकलापहरु सञ्चालन गरी सहकारी सदस्य तथा स्थानीयहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक स्तरमा अभिवृद्धि ल्याउने ।
उद्देश्य
१) सहकारी मूल्य मान्यता एवं सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न जोड दिने ।
२) बचत तथा ऋणको कारोबार गर्ने ।
३) बैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा प्राप्त गरी आवश्यक सदस्यहरुलाई ब्यबसाय तथा उद्यममा वित्तिय स्रोतको व्यवस्थापन गर्ने ।
४) सदस्य तथा कार्यक्षेत्रका किसानहरुको कृषि उत्पादनलाई बजारको व्यवस्थापन गर्ने ।
५) सदस्य तथा कृषकहरुको उत्पादन क्षमता बृद्धि तथा व्यवसायिक खेति गर्न विभिन्न स्रोतहरु जुटाई तालिम सञ्चालन गर्ने तथा अन्य सरकारी सेवाहरुको लागी सहजिकरण गर्ने ।
६) कार्य क्षेत्र भित्रका दलित, जनजाति, एकल महिला, अपांग, साना किसानहरुलाई संगठित गराई सहकारिताको माध्यमबाट उनीहरुको जीवनस्तर उकास्न आर्थिक, सामाजिक एवं सामूदायिक विकास हुने किसिमका कार्यहरु गर्ने ।
७) सदस्यहरुलाई लक्षित गरेर उपभोक्ता भण्डार सञ्चालन गर्ने ।
८) कृषि उत्पादनहरुको बजार व्यवस्थापनको लागि संकलन केन्द्रको स्थापना गर्ने, मार्का स्थापित गर्ने र आवश्यक परेमा उपयुक्त स्थानको छनौट गरि बिक्री केन्द्र समेत खोल्ने ।
९) बृहत कृषि उत्पादन केन्द्रको स्थापना गर्ने ।
कार्यहरु (गतिविधिहरु)
१) सदस्यहरुमा बचत संस्कृतिको विकास गर्न नियमित र ऐच्छिक बचतका उपयुक्त स्वरुपहरु लागु गर्ने एवं बचत अभिबृद्धिका लागि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
२) सदस्यको माग अनूरुप स्थानीय रुपमा संकलित वित्तीय स्रोत अपर्याप्त भएमा अन्य संघ संस्था वा निकायबाट ऋण वा अनुदान प्राप्त गरी संस्थागत लगानी वा सदस्यहरुलाई धितो लिएर वा नलिई उचित व्याजदरमा ऋणको रुपमा परिचालन गर्ने ।
३) परम्परागत कृषि प्रणालीबाट बजारमूखी कृषि प्रणालीमा रुपान्तरण गरी उत्पादन (प्रशोधन समेत) विनिमय (वितरण प्रणाली) उपभोगमा सहकारी पद्धत्तीको विकास गर्न आवश्यक कार्यहरु गर्ने ।
४) प्रचार प्रसारका विभिन्न माध्यमहरुबाट सदस्यहरुलाई व्यावसायिक कृषि प्रणालीमा उत्प्रेरित गर्न चेतना जगाई बजारमुखी उत्पादनको तरिका प्रदर्शन, नतिजा प्रदर्शन, स्थलगत भ्रमण, तालिम आदिको माध्यमबाट कृषिको व्यावसायिकरण गर्न, उत्पादकत्व बढाउन र कृषि बजारमा सहज पहुँच पुर्याउने वित्तीय, प्राविधिक, सामाजिक र साँस्कृतिक सहयोग जुटाउने ।
५) कृषिको उत्पादकत्व बढाउन कृषि सामाग्रिको सुलभता, सिंचाई, विद्युत, सडक र बजार जस्ता आधारभूत पूर्वाधार विकास गर्न मद्दत गर्ने वा सदस्यहरुबीचमा उपसमिति निर्माण गरी सम्बन्धित निकायहरुको स्वीकृति लिएर उक्त कार्यहरु सञ्चालन गर्ने ।
६) सदस्यहरु लगायत स्थानिय कृषकहरुद्धारा उत्पादित कृषिजन्य बस्तुहरुकोे संकलन गर्ने, भण्डारण गर्ने, ढुवानी गर्ने, गुणस्तर जाँच गर्ने, अर्गानिक प्रमाणिकरण गर्ने ,बजारिकरण गर्ने एवं प्रशोधन उद्योगको स्थापना गर्ने जस्ता क्रियाकलापहरु संचालन गरी सदस्यहरुको उत्पादनको मूल्य अभिबृद्धि गर्नुका साथै रोजगारीका अवसरहरुको सृजना गर्ने ।
७) सदस्यहरुमा सहकारीताको भावना र अभ्यास सुदृढ गरी उनीहरुको सामाजिक र सामूदायिक विकासका क्रियाकलाप सञ्चालन गर्न स्रोत तथा जनसहभागिता जुटाउने ।
८) लैङ्गिक, जातीय र संस्कारजन्य विभेदहरु अन्त्य गरी समानताको भावना अभिबृद्धि गर्न आवश्यक चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
९) विद्यमान निर्वाहमुखी खेती प्रणालीलाई आधुनिक तथा व्यवसायिक पद्धतिमा लैजाने खालका विभिन्न गतिविधिहरु संचालन गर्ने । (तर, संस्था दर्ता पश्चात माथि उल्लिखित कार्यहरु गर्दा कुनै कारोवारको सिलसिलामा अन्य प्रचलित ऐन कानून अनुसार अन्य निकायहरुको स्वीकृति लिनुपर्ने भएमा सो लिएर मात्र कारोवार सञ्चलन गरिने छ ।)
१०) सरकारी निकायहरुसँग आवश्यक समन्वय गरि कृषकहरुलाई आधुनिक खेति र पशुपालन सम्बन्धी तालिमहरु संचालन गर्ने ।
११) कार्यक्षेत्रका किसानहरुलाई कृषि सम्बन्धि बिमा गर्नको लागि प्रोत्साहन तथा सहजिकरण गर्ने ।
१२) कषिजन्य वस्तुहरुको प्रशोधन र बिक्रीको माध्यमबाट सदस्यहरुको आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने ।
१३) कार्यक्षेत्रका सदस्यबाहेकका अन्य कृषकहरुको उत्पादनहरु संकलन, ग्रेडिङ, र मार्का स्थापित गरेर उचित बजारको व्यवस्थापन गर्ने ।
१४) आर्गानीक खेति गर्न कृषकहरुलाई अभिप्रेरित गर्ने ।
१५) कृषि, सहकारी तथा ब्यबस्थापन सम्बन्धी बिभिन्न तालिमहरु संचालन गर्ने ।
१६) महिला–यूवा तथा लक्षित वर्गका मानिसहरुको लागि स्वरोजगारका लागि विभिन्न व्यावसायिक सीपमुलक तालिमहरु संचालन गर्ने
१७) संस्था मातहात बृहद कृषि उत्पादन केन्द्रको स्थापना गर्ने ।
