फरहाल खरिद तथा बिक्रि वितरण
फराहाल संकलन तथा बिक्रि बितरण सम्पन्न झी बहुउद्देश्यीय सहकारी लोखिम सोलुखुम्बुले २०७९को माघे संक्रान्तीको अवसरमा लोखिममा उत्पादित फराहाल संकलन गरि काठमाडौं पुर्याएर बिक्री बितरण गरिएको छ । उक्त कार्य सम्पन्न गर्नको लागि बनाईएको कार्ययोजना अनुसार पौषको २४ र २५ गते संकलन मिति तोकिएको थियो । त्यसपछि २५ गते बेलुकी लोड गरेर २६ गते बिहान लोखिमबाट हिंड्ने र राती काठमाडौं पुग्ने २७ गते बिक्री केन्द्रमा पुर्याई २८, २९ र ३० गते बिक्री बितरण गर्ने योजना बनाईएको थियो । जस अन्तर्गत लोखिममा फराहाल संकलन गर्न संस्थाको कोषाध्यक्ष तमुना राई र काठमाडौंमा बिक्री संयोजक संस्थाको उपाध्यक्षलाई तोकियो । फराहाल तथा फलफुल संकलन कार्य २४ गते नै सकिएकोले २५ गते दिउँसो लोखिमबाट काठमाडौंको लागि सामान हिंडाईयो । काठमाडौंमा विभिन्न स्थानमा स्टल राखी २७ गतेबाट शुरु गरि २९ गते सम्म बिक्रि बितरण गरिएको थियो । जसबाट स्थानिय कृषकहरुले आर्थिक आम्दानी गर्न सफल भएका छन भने काठमाडौंमा रहेकाहरुले संक्रान्तिमा आफ्नै गाँउघरमा उत्पादित फलफुल, फराहाल तथा कन्दमुल खाएर चाड मनाउन पाएका छन । साथै कृषकहरुमा हौसला बढाउनको निम्ति सबैभन्दा धेरै मुल्यको बेच्ने र विधागत रुपमा सबैभन्दा राम्रो फराहाल बेच्ने कृषकहरुलाई सम्मान गरियो ।



